दफा १२
मासुमा छाप वा चिह्न लगाउनु पर्नेः
(१) मासु निरीक्षकले पशुको मासु जाँच गरी मासु बिक्री
गर्न अनुमति दिंदा त्यस्तो मासुमा तोकिए बमोजिमको छाप वा चिह्न स्पष्ट देखिने गरी लगाउनु
पर्नेछ ।
(२) मासु बिक्रेताले उपदफा (१) बमोजिम छाप वा चिह्न नलगाएको मासु बिक्री गर्न
पाउने छैन ।